Sat. Jul 5th, 2025

वेनिघाट रोराङ गाउँपालिका १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

Benighat-Rorang-gaupalika
१ जेठ,  धादिङ –

धादिङको बेनिघाट गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नन्दु तामाङ २ सय ९२ मत ल्याई विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार जीवनकुमार तामाङले २ सय ७६ मत ल्याए भने नेकपा एमालेका उम्मेदवार हिरालाल तामाङले २ सय ३९ मत ल्याए ।

वेनिघाट रोराङ गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काँग्रेस संयुक्त चुनावी मैदानमा गएका थिए । माओवादीका तर्फबाटअध्यक्षका उम्मेदवार हरि डल्लाकोटी र उपाध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट  देवीप्रसाद सिलवाल उम्मेदवार बनेका थिए । तर संयुक्त चुनाव लडेपनि माओवादी केन्द्रको अध्यक्षमा ३ सय र उपाध्यक्षमा २ सय ६८, नेपाली काँग्रेसको अध्यक्षमा २ सय ६८ र उपाध्यक्षमा ३ सय १ र नेकपा एमालेको अध्यक्षमा २ सय ३६ र उपाध्यक्षमा २ सय ३५ मत ल्याएका छन् ।

एमाओवादी केन्द्रको उम्मेदवारी नदिएको उपाध्यक्षमा २ सय ६८ र अध्यक्ष पदमा उम्मेदवारी नदिएको नेपाली काँग्रेसको चुनाव चिन्हमा २ सय ६८ मत प्राप्त गरेका छन् ।

 एमालेका उम्मेदवार गिरीराज कडेंलले २ सय ३६ र उपाध्यक्ष मायादेवी शर्माले २ सय ३५ मत ल्याएका छन्  ।

 २०७४ जेठ १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: