Sat. Jul 5th, 2025

वेनिघाट रोराङ गाउँपालिका २ मा एमालेको प्यानल नै विजयी

Benighat-Rorang-gaupalika
२ जेठ,  धादिङ –

वेनिघाट रोराङ गाउँपालिका २ मा एमालेको पूरै प्यानल नै विजयी भएको छ ।

वडा नं २ का एमाले उम्मेदवार टंककुमार थापा ९ सय ४२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका हेमराज भुजेलले  ६९३ मत र नेपाली काँग्रेसका अनप धरेरले ५७ मत ल्याए ।

वेनिघाट गाउँपालिकामा अहिलेसम्म एमालेले अग्रता लिइरहेको छ । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार गिरीराज कडेंलले १ हजार १ सय ७८ मत पाएका छन् भने उपाध्यक्ष मायादेवी शर्माले १ हजार १ सय ७४ मत पाएका छन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरि डल्लाकोटीले  ९ सय ९३ मत  र उपाध्यक्ष देवीप्रसाद सिलवालले ५ सय ८५ मत पाएका छन् ।

मत गणना जारी छ ।

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: