

१ जेठ, धादिङ –
सिद्धलेक गाउँपालिकाको वडा नं १ र २ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।
वडा नं १ का वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर सिलवालले १ सय ४४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका कृष्ण प्रसाद सिलवालले ९२ मत ल्याए भने माओवादी केन्द्रका प्रेमा लामाले ५५ मत ल्याए ।
त्यस्तै वडा नं २ मा एमालेका कमलबहादुर गुरुङले १हजार ८२ मत ल्याई विजयी भएका छन् । प्रतिद्धन्द्धि नेपाली काँग्रेसका सागर गुरुङले ८ सय ८४ र माओवादी केन्द्रका रामबहादुर सिलबालले ३ सय ४० मत ल्याए ।
२०७४ जेठ २ गते प्रकाशित