Sat. Jul 5th, 2025

धादिङमा एमाले अग्रस्थानमा, माओवादी केन्द्रको पछि लाग्दै कांग्रेस

२ जेठ,  धादिङ –

स्थानीय तहको निर्वाचनको प्रारम्भीक मत परिणाम अनुसार धादिङमा नेकपा एमाले अग्रस्थान सहित अघि बढेको छ । नेकपा माओवादी केन्द्र नेपाली कांग्रेसको पछि लागेको देखिएका छन् ।

जिल्लाका १०४ वडाहरु मध्ये अहिलेसम्म २६ वटा वडाको प्रारम्भीक मत परिणाम आएको छ । त्यसमध्ये १३ वडामा एमालेका उम्मेदवार विजयी भएका छन् भने माओवादी केन्द्रका उम्मेदवार ७ वडामा र कांग्रेसका उम्मेदवार ६ वटामा विजयी भएका छन् ।

 एमालेले धुनिबेसी नगरपालिकाको १ र २, थाक्रेको २ र ४, सिद्धालेकको १ र २ वडा नं. विजय भएको छ । त्यस्तै ज्वालामुखी १, गल्छी १, गजुरीको १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् । दक्षिणी धादिङको बेनिघाट रोराङको वडा नं. १ र उत्तरी धादिङको रुविभ्यालीको वडा १ र २ मा एमालेको उम्मेदवार विजयी भएका छन् ।

   नेत्रावती १ बाट विजय सुरुवात गरेको माओवादी केन्द्रले धुनिबेसी ५, थाक्रे ३, नेत्रावती २, गंगाजमुना १ र त्रिपुरासुन्दरी ७ मा पनि आफ्नो उम्मेदवार विजय गराउन सफल भएका छन् ।

 नेपाली कांग्रेसले धुनिबेसी ३, थाक्रे १, खनियाबास १ र २, ज्वालामुखी २ र नेत्रावती ३ नं.मा विजय हासिल गरेको छ । आफ्ना पक्षका उम्मेदवार विजयी भएका वडामा कार्यकर्ताहरुले खुसी मनाउन थालेका छन् ।

dhaidng-update

२०७४ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: