

३ जेठ, धादिङ –
धादिङको सिद्धलेक गाउँपालिकामा नेकपा एमालेले विजयी हाँसिल गरेको छ । नेकपा एमालेका उम्मेदवार प्रेमनाथ सिलवाल ५ हजार ६ सय ७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बद्री अर्यालले ३ हजार ६ सय ८२ मत ल्याई पराजित भएका छन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका कमला शर्माले ५ हजार ५ सय ४४ मत ल्याई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका लक्ष्मी सिलवालले ३ हजार ८ सय ६५ मत ल्याई पराजित भएका छन् ।
७ वटा वडा मध्ये १, २, ३, ४, ६, ७ मा एमालेको पूरै प्यानल नै जितेको छ भने वडा नं ५ मा काँग्रेसले पूरै प्यानल जितेको छ ।
सिद्धलेक गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर सिलवालले १ सय ४४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका कृष्ण प्रसाद सिलवालले ९२ मत ल्याए ।
त्यस्तै वडा नं २ मा एमालेका कमलबहादुर गुरुङले १ हजार ८२ मत ल्याई विजयी भएका छन् । प्रतिद्धन्द्धि नेपाली काँग्रेसका सागर गुरुङले ८ सय ८४ मत ल्याए ।
त्यस्तै वडा नं ३ मा एमालेका देवबहादुर पुलामीले ६ सय ७५ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका लालबहादुर थापाले ६ सय ३१ मत ल्याए ।
वडा नं ४ मा एमालेका रामहरी बराकोटीले ८ सय ९० मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका हर्कबहादुर थापाले ३ सय ९३ मत ल्याए ।
वडा नं ५ मा नेपाली काँग्रेसका प्रकाश घलेले ४ सय ६७ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि एमालेका तुलकुमार श्रेष्ठले ४ सय ४५ मत ल्याए ।
वडा नं ६ मा एमालेका टिकाप्रसाद थपलिया ६ सय १ मत ल्याई विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका हरि नेपालले ४ सय १३ मत ल्याए ।
वडा नं ७ मा एमालेका लक्ष्मण खतिवडाले ८ सय ९७ मत ल्याए भने उनका प्रतिद्धन्द्धि काँग्रेसका परशुराम खतिवडाले ७ सय ३८ मत ल्याए ।
२०७४ जेठ ३ गते प्रकाशित