Sat. Jul 5th, 2025

धादिङको रुवीभ्याली गाउँपालिकामा राप्रपा विजयी

३ जेठ,  धादिङ –

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वारहरु विजयी भएका छन् । रुवीभ्यालीको ३ वटा वडाहरुमा भने अरु पार्टीहरुले नै विजय हासिल गरेको छ ।

राप्रपाका उम्मेद्वार चेरुङ तामाङले १४ सय ८४ मत र उपाध्यक्ष विना लामा १४ सय ९ मत ल्याउदै गाउँ प्रमुख र उपप्रमुखमा विजयी भए । उनीहरुको प्रतिद्धन्दीमा नेकपा माओवादी केन्द्रका रामसिंह तामाङले ९ सय ५३ मत र अमृता तामाङले ९ सय ७२ मत मात्रै प्राप्त गरे ।

निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिए अनुसार बडा नं १ र २ मा नेकपा एमालेका उम्मेद्वार मिन घले र पेम्वा घले विजयी भएका छन् भने ३, ४ र ६ मा राप्रपाका उम्मेद्वार क्रमश  कामीलामा तामाङ, प्रशान्त तामाङ र नरमान गुरुङ विजयी भएका छन् । त्यस्तै वडा नं ५ मा भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार धिरज तामाङ विजयी भएका छन् ।

२०७४ जेठ ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: