Sat. Jul 5th, 2025

धादिङको गंगाजमुना गाउँपालिकामा एमाले विजयी


४ जेठ,  धादिङ  –

धादिङको गंगाजमुना गाउँपालिकामा एमाले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बलबहादुर अधिकारी अध्यक्ष र एन्जिला तामाङ उपाध्यक्षमा विजयी भएका हुन् ।

बलबहाददुरले ३ हजार ३ सय ५६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत ल्याई पराजित भए ।

त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका उम्मेदबार एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८  मत ल्याई पराजित भए ।

२०७४ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: