
४ जेठ, धादिङ –
धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।
नेपाली काँग्रेसका विनोद तिमल्सीना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत ल्याई पराजित भए ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत ल्याई पराजित भए ।
ज्वालामुखी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा लडेको थियो भने नेपाली काँग्रेस र माओवादी तालमेल गरी चुनावी मैदानमा लडेका थिए ।
२०७४ जेठ ४ गते प्रकाशित