Sat. Jul 27th, 2024

गाविस सचिवहरुको हक संरक्षण केन्द्रको अध्यक्षमा पुरी

धादिङ – गाविस सचिवहरुको हक संरक्षण केन्द्र जिल्ला कार्य समिति धादिङको अध्यक्षमा चुडामणी पुरी निर्वाचित भएका छन् ।

सोमबार धादिङबेसीमा सम्पन्न अधिवेशनले पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समितिको चयन गरेको हो । समितिको सचिवमा हेम बहादुर वि.क सह–सचिवमा दुर्गा प्रसाद रिजाल र कोषाध्यक्षमा विन्दा कुमारी खड्का रहेका छन् ।

त्यस्तै, गाविस सचिवहरुको हक संरक्षण केन्द्रको केन्द्रिय प्रतिनिधिमा लक्ष्मण भट्टराई र नारायण कुमार श्रेष्ठ रहेका छन् भने अञ्चल प्रतिनिधिमा ठाकुर प्रसाद सिंखडा र पुरुषोतम मिश्र चयन भएका छन् ।

 

About The Author

Loading...

अन्य समाचारहरु: