Sat. Jul 5th, 2025

धादिङको गल्छी गाउँपालिकामा एमाले विजयी


४ जेठ,  धादिङ –
धादिङको गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् ।

अध्यक्षमा नेकपा एमालेका कृष्णहरी श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन्  । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याई पराजित भए ।

उपाध्यक्षमा नेकपा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओावदी केन्द्रका मीरा झरीले  ३ हजार १ सय ८४ मत ल्याई पराजित भएका छन् ।

गल्छी गाउँपालिकामा नेकपा एमाले एक्लै चुनावी मैदानमा लडेका थिए भने काँग्रेस र माओवादी केन्द्र क्रमश अध्यक्ष र उपाध्यक्षमा तालमेल गरी चुनावी मैदानमा लडेका थिए ।

२०७४ जेठ ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: