Sat. Jul 27th, 2024

महाशिवरात्री पर्व देशभर मनाईंदै

shiba jee
५ फागुन, धादिङ
आज महाशिवरात्री, आराध्यदेव भगवान शिवको पूजा आराधना गरी देशभर मनाईदैछ ।

प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने शिवरात्री पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी मनाइने गर्दछ । हिन्दुधर्माबलम्बीहरु बिहानै नदि, ताल, कुण्ड र तलाउमा स्नान गरि विभिन्न शिवालयहरुमा गई शद्धापूर्वक पूजा गर्ने चलन पनि रहि आएको छ । शिवरात्रीको अवसरमा धादिङको नीलकण्ठ नगरपालिकामा रहेको पशुपति मन्दिर, नलाङको सिद्धालेक, कल्लेरीमा रहेको गुप्तेश्वर मन्दिरमा पूजा तथा आराधना गर्नेहरुको भिड हुने गर्दछ ।

आज भक्तहरुले शिवलाई मनपर्ने दुध, धतुरो, वेलपत्र चढाई पूजा गर्ने र ब्रत बसी रातभरी जाग्राम गरेमा सिद्धी प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि रहिआएको छ । शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख गरिएको छ । आज घरघर, चोक, मठमन्दिर लगायतमा दाउराको धुनी जगाई भजनकिर्तन समेत गर्ने गरिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: