Sat. Jul 5th, 2025

धादिङमा मतगणना सकियो, एमाले ८, काँग्रेस ३, माओवादी केन्द्र र राप्रपा १/१ ठाउँमा विजयी

सरिता श्रेष्ठ / ६ जेठ, धादिङ –

 

 

धादिङका १३ वटै स्थानीय तहको मतगणना सकिएको छ । एमालेले १ नगरपालिका सहित ७ गाउँपालिकामा, नेपाली काँग्रेसले १ नगरपालिका सहित २ वटा गाउँपालिकामा, माओावदी केन्द्र र राप्रपाले १÷१ वटा गाउँपालिकामा विजयी हाँसिल गरेको छ । नेकपा एमालेले जिल्लाको सबै स्थानीय निकायमा एक्लै चुनावी लडेको थियो भने गरी नीलकण्ठ नगरपालिका सहित थाक्रे, गल्छी, गजुरी, वेनिघाट र ज्वालामुखी गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरी चुनावी मैदानमा उत्रेका थिए । तालमेल गरेका मध्ये नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका नेपाली काँग्रेस र बेनिघाट रोराङ गाउँपालिका माओवादी केन्द्रले विजयी गरेका छन् ।

धुनीबेसी नगरपालिकामा एमाले

धुनिबेसी नगरपालिकामा नेकपा एमाले उम्मेदवार बालकृष्ण आचार्यले ६ हजार ८ सय ४८ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका दीपक लामिछाने सुबोधले २ हजार ३ सय ३९ मत ल्याई पराजित भए । उपाध्यक्षमा नेकपा एमालेका निरु खरेलले ६ हजार ७ सय ७८ मत ल्याई विजयी भइन् । उनका प्रतिद्धन्द्धि माओवादी केन्द्रका शावित्री आचार्यले २ हजार ३ सय ४० मत प्राप्त गरेकी छन् ।

 

सिद्धालेक गाउँपालिकामा एमाले

सिद्धालेक गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका प्रेमनाथ सिलवाल विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बद्री अर्याललाई पछि पार्दै सिलवाल प्रमुखमा निर्वाचित भएका हुन् । सिलवालले ५ हजार ६ सय ७ मत ल्याएका छन् भने ३ हजार ६ सय ८२ मत ल्याई अर्याल पराजित भएका छन् । उपाध्यक्षमा नेकपा एमालेका कमला शर्माले ५ हजार ५ सय ४४ मत ल्याई विजयी भएकी छन् । उनका प्रतिद्धन्द्धि नेपाली काँग्रेसका लक्ष्मी सिलवालले ३ हजार ८ सय ६५ मत प्राप्त गरेकी छन् ।

 

थाक्रे गाउँपालिकामा एमाले

थाक्रे गाउँपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमाले विजयी भएको छ । प्रमुखमा ८ हजार २ सय ३४ मत सहित एमालेका उम्मेदवार रामकुमार आचार्य विजयी भएका छन् । आचार्यका प्रतिद्धन्दी माओवादी केन्द्रका यन्त्र बहादुर थापाले ६ हजार ६ सय ९० मत प्राप्त गरे । थाक्रे गाउँपालिकाको उपप्रमुखमा एमालेकी अम्बिका रुपाखेती ८ हजार ३ सय २२ मत सहित विजयी भएकी छन् । प्रतिद्धन्दी कांग्रेसका रामकुमार लामाले ५ हजार ४ सय ८८ मत पाएका छन् ।

 

खनियाबास गाउँपालिकामा एमाले

खनियाबास गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका रणबहादुर तामाङ १ हजार ६ सय ४६ मत सहित विजयी भएका छन् । निकटतम प्रतिद्धन्दी नेकपा एमालेका प्रदिप फ्युवाले ९ सय ७१ मत प्राप्त गरे । उपाध्यक्षमा नेपाली काँग्रेसकै योमाया तामाङ विजयी भएकी छन् । १ हजार ६ सय ६५ मत ल्याएर योमाया विजयी भएकी हुन् । प्रतिद्धन्दी एमालेकी सुस्मा तामाङले ९ सय १७ मत प्राप्त गरिन् ।

 

नेत्रावती गाउँपालिकामा एमाले

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नेत्रावती गाउँपालिका प्रमुखमा नेकपा एमालेका दुर्गा कुमार शाक्य विजयी भएका छन् । नेपाली कांग्रेसका टेकजंग लामालाई ७४ मतले पछि पार्दै शाक्य विजयी भएका हुन् । शाक्यले १ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् भने लामाले १ हजार ५ सय ७३ मत पाए । त्यस्तै गाउँपालिका उपाध्यक्षमा १ हजार ५ सय ४२ मत ल्याई नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङ विजयी भएका छन् । उनकी प्रतिद्धन्दी नेकपा एमालेका मिना तामाङले १ हजार ४ सय ९५ मत पाएकी छन् ।

 

रुवीभ्याली गाउँपालिकामामा राप्रपा

उत्तरी धादिङको दुर्गममा पर्ने रुवीभ्याली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पदमा राप्रपाका उम्मेदवार विजयी भएका छन् । राप्रपाका उम्मेदवार चेरुङ तामाङले १ हजार ४ सय ८४ मत र उपाध्यक्ष मिना लामा १ हजार ४ सय ९ मत ल्याउदै गाउँ प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । अध्यक्षका प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका रामसिं तामाङले ९ सय ५३ मत र उपाध्यक्षका प्रतिद्धन्दी माओवादी केन्द्रकी अमृता तामाङले ९ सय ७२ मत प्राप्त गरेकी छन् ।

 

ज्वालामुखी गाउँपालिकाकामा काँग्रेस

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । नेपाली काँग्रेसका विनोद तिमिल्सीना ५ हजार ९ सय ५४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका रामप्रसाद अधिकारी ५ हजार ९ सय ३० मत ल्याई पराजित भए । उपाध्यक्षमा नेकपा एमालेका जानुका सिम्खंडा ५ हजार ७ सय ७९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठले ४ हजार ८ सय ९४ मत ल्याई पराजित भए ।

गंगाजमुना गाउँपालिकामा एमाले

गंगाजमुना गाउँपालिकामा एमाले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार बलबहादुर अधिकारी अध्यक्ष र एन्जिला तामाङ उपाध्यक्षमा विजयी भएका हुन् । बलबहाददुरले ३ अजार ३ सय ५६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका अक्कलबहादुर तामाङले ३ हजार १ सय ८० मत ल्याई पराजित भए । उपाध्यक्षमा नेकपा एमालेका उम्मेदबार एन्जिला तामाङले ३ हजार ४ सय २२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका दुर्गा दाहालले ३ हजार १ सय २८ मत ल्याई पराजित भए ।

 

बेनिघाट रोराङ गाउँपालिकाकामा माओवादी केन्द्र

बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन् । माओवादी केन्द्रका हरि डल्लाकोटीले ६ हजार ४ सय १० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका गिरीराज कडेंलले मायादेवी शर्माले ५ हजार २ सय ५५ मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवालले ५ हजार ३ सय २ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका मायादेवी शर्माले ५ हजार २ सय ७७ मत ल्याई पराजित भए ।

 

गल्छी गाउँपालिकामा एमाले

गल्छी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । नेकपा एमालेका कृष्णहरी श्रेष्ठले ६ हजार ५१ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका विनोद कार्कीले ५ हजार २ सय ६ हजार मत ल्याई पराजित भए । उपाध्यक्षमा नेकपा एमालेका राधा तिमल्सिना ६ हजार २८ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि माओावदी केन्द्रका मीरा झरीले ३ हजार १ सय ८४ मत ल्याई पराजित भएका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिकामा एमाले

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् । नेकपा एमालेका शम्भुकुमार थापाले ४ हजार ६० मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका बासु तिमल्सीनाले ३ हजार ९ सय ६१ मत ल्याई पराजित भए । उपाध्यक्षमा नेपाली काँग्रेसका देवी पाण्डेले ३ हजार ९ सय ९० मत ल्याई विजयी भइन् । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका कृष्णकुमारी थापाले ३ ८ सय ९६ मत ल्याई पराजित भए ।

 

गजुरी गाउँपालिकामा एमाले

गजुरी गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । एमालेका राजेन्द्रविक्रम बस्नेतले ४ हजार ३ सय ३६ मत ल्याई विजयी भए । उनका निकटतम प्रतद्धिन्द्धि माओवादी केन्द्रका गणेशलाल श्रेष्ठले ४ हजार ६ मत ल्याई पराजित भए । उपाध्यक्षमा एमालेका सीता ढुङ्गानाले ४ हजार २ सय १४ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका शर्मिला विसुरालले ३ हजार ८ सय ३५ मत ल्याई पराजित भइन् ।

 

नीलकण्ठ नगरपालिकामा काँग्रेस

धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली काँग्रेस र उपमेयरमा माओवादी केन्द्रका मनराज भण्डारी शैलेस विजयी भएका छन् । ढुङ्गानाले १३ हजार १ सय ६६ मत ल्याई विजयी हाँसिल गरेका हुुन् । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका अर्जुनकुमार श्रेष्ठले ६ हजार ६ सय ९० मत ल्याई पराजित भए । त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका मनराज भण्डारी शैलेसले १० हजार ३ सय २३ मत ल्याई विजयी भए । उनका प्रतिद्धन्द्धि नेकपा एमालेका गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत ल्याई पराजित भए ।

२०७४ जेठ ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: