Sat. Jul 5th, 2025

धादिङमा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, ५ जना घाईते


७ जेठ,  धादिङ –

धादिङमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप हुँदा ५ जना घाइते भएका छन् ।

दुवै पार्टीले विजय जुलुस मनाएर फर्कंदै गर्दा ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी उखुवारीमा झडप भएको हो ।

ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनासहित टोली र एमालेका कार्यकर्ताहरुबिच झडप हुँदा दुवै तर्फका घाईते भएका हुन् ।

झडपमा घाइते भएकाहरुका मध्ये  नेपाली कांग्रेसका दामोदर भट्ट र नरेन्द्र भट्टको  काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारपछि डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जनाएको छ ।
झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते छन् ।

दिउँसो सामान्य भनाभन भएर छुट्टिएकाहरु कार्यकर्ताहरु विजयी जुलुस मनाएर फकिर्ने क्रममा पुनः राति भेटिएपछि दोहोरो झडप हुन पुगेको डिएसपि दिपेन्द्र पञ्जियारले बताए ।

२०७४ जेठ ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: