

७ जेठ, काठमाडौँ –
प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई स्वागत स्वागत गरिएको छ ।
काठमाडौं र नेपाल सरकारद्वारा २०७४ जेठ ४ गते नियुक्त प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बराललाई आइतबार एक कार्यक्रमबीच स्वागत गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिए ।
त्यस्तै कार्यक्रममा प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले स्वागत गर्दै भने – “काउन्सिल अहिले नयाँप्रविधियुक्त छ, उच्च ओहोदाका महानुभावहरु उजुरीका लागि आउनुभएको छ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्वन्ध विस्तार गरेको छ, त्यसैले तथ्यहीन र सतही कुराका पछि नलागौ ।“
२०७४ जेठ ७ गते प्रकाशित