

९ जेठ, धादिङ –
सञ्चारकर्मी एम जी तामाङको सम्धिनी बोलको गीत बजारमा आएको छ ।
भक्तपुरको नगरकोट आसपासमा छायाँकन गरिएको “सम्धिनी ” बोलको गीतको भिडियो युटुव च्यानल म्युजिक नेपालबाट बाजारमा आएको हो ।
तामाङ र कृति तामाङको स्वरमा बजारमा आएको गीतमा एम जी तामाङको नै शब्द रहेको छ । भिडियोमा सन्जय थिङ, अन्जली आचार्य, सजिना लामा , बिन्दा थिङ र गायक स्वयम् एम जी तामाङले अभिनय गरेका छन् ।
बिक्रम मोक्तानले छायाँकन गरेका भिडियोलाई निर्देशन भने कृष्ण तामाङले गरेका हुन् । त्यस्तै लोकप्रिय गायक तथा संगितकार विश्व दोङको संगित रहेको गीतलाई नोर्बु शेर्पाले एरेन्जर गरेका हुन् ।
२०७४ जेठ ९ गते प्रकाशित