Sat. Jul 5th, 2025

सीमा रक्षा गर्दा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु


११ जेठ, पर्वत –

 
भारतीय सेनामा कार्यरत तीन नेपालीको ज्यान गएको छ ।

ज्यान जानेमा पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ वर्षीय रबिन शर्मा, गुल्मीको काराइँग तुन गाउँ घर भएका ४० वर्षीय डमरबहादुर पुन र ३८ वर्षीय गिरिश गुरुङ रहेका छन् ।

भारतको काश्मिरस्थित भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा शल्यक्रियाका क्रममा उनीहरूको गोली लागेर मृत्यु भएको हो ।

शर्मा पाँच वर्षअघि भारतीय सेनामा भर्ती हुनुभएको थियो । दुई दाजुभाइमध्ये रबिन परिवारका जेठा हुन् । उहाँ राइफलम्यान पदमा कार्यरत रहनुभएको थियो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिङ्गो चुवा शोकमग्न बनेको छ ।

यसैगरी कास्कीको नगिधर गाउँका गिरिश गुरुङ १९ वर्षदेखि भारतीय सेनामा काम गर्दै आएका थिए । उनी हबल्दार पदमा कार्यरत थिए । उनको पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान छन् ।

त्यस्तै गुल्मीको काराइँग तुन गाउँ घर भएका हबल्दार डमरबहादुर पुन पनि २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए । उनको पत्नी कल्पना पुन र दुई सन्तान छन् ।

तीनैजनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिने मृतक शर्माका पारिवारिक स्रोतले जनाएको छ । रासस

 

२०७४ जेठ ११ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: