Sat. Jul 27th, 2024

चट्याङले धादिङमा पाँच घाइते

७ फागुन, धादिङ । धादिङको ढोला र मैदी गाविसमा छुट्टा छुट्टै स्थानमा परेको चट्याङले पाँच जना घाइते भएका छन् ।
बुधबार साँझ परेको चट्याङले ठोला गाविस वडा नम्बर ३ टुटेपानीमा एक विहे घरको भान्सामा काम गर्दै गरेका चार जना घाइते भएका छन् । चट्याङमा परी ५२ वर्षिय टंककुमारी तिमिल्सिना, ४५ वर्षिय सरस्वती घिमिरे, ५० वर्षिय सारदा खतिवडा र ६० वर्षीय सीता अघिकारी भाइते भएका हुन् । घाइते चारैजना जिल्ला अस्पताल धादिङमा उपचार पछि घर फर्किएका छन् ।
त्यस्तै मैदीको वडा नम्बर ७ मा रणबहादुर रानाको घरमा क्षति पु¥याएको छ । चट्याङले रणबहादुरका श्रीमति योमायाँ राना घाइते भएकी छन् । योमायाँको स्थानीय मैदी स्वास्थ्य चौकीमा उपचार गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: