Sat. Jul 5th, 2025

चेपाङको हत्या आरोपी गाउँबाटै पक्राउ


१३ जेठ,  धादिङ –

स्थानीय तह चुनावको दिन हत्या भएका एमाले कार्यकर्ता लक्ष्मण चेपाङको हत्यारा गाउँबाटै पक्राउ परेको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ पिपलडाँडाकाको हत्या गर्ने दाङका अर्जुन बुढामगरलाई गयराती प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनले लक्ष्मणको हत्या आफैले गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।

अर्जुनको ससुराली घर र लक्ष्मणको घर एउटै गाउँमा हो । ससुराली आएका अर्जुनले लक्ष्मणको हत्या गरेको पुष्टि भएको छ । पसल फुटाएर रक्सी चोर्न लाग्दा लक्ष्मणले देखेपछि गाउँमा हल्ला फैलाउने र ससुराली गाउँमा आफ्नो इज्जत बचाउनका लागि लक्ष्मणको नै हत्या गरेको अर्जुनले प्रहरीमा बयान दिएका छन् ।

हत्या भएको १२ दिनपछि अर्जुन घटना भएको गाउँबाट नै पक्राउ परेको हो । लक्ष्मणको हत्या गर्नु अघि अर्जुनले आफ्नै सासु आइतीमायाँ चेपाङको पसल फुटाएका थिए । ‘पसल फुटाएर वियर निकालेको थिए, लक्ष्मणले देख्यो । ससुरालीमा इज्जत जोगाउन लक्ष्मणको हत्या गरेको अर्जुनले बयानमा भनेका छन्’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार भने ।

घटना भएकै दिनदेखि अनुसन्धानको लागि जोगिमारा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजु पौडेलको नेतृत्वमा घटना स्थलमा नै खटिएको थियो ।

 

२०७४ जेठ १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: