
१३ जेठ, धादिङ –
गोमा एयरको कार्गो विमान लुक्लामा दुर्घटना भएको छ ।
नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान विमान अवतरणका क्रममा शनिबार रुखमा ठोक्किएर दुर्घटना भएको हो ।
कार्गो विमानमा पाइलट पारसकुमार राइ र को पाइलट सिर्जन मानन्धर र एयर होस्टेज प्रज्ञा महर्जन सवार थिए । दुर्घटनामा विमान चालक पी राई र सहचालक घाइते भएका छन् । क्षतिको विवरण आएको छैन ।
उनीहरुको उद्दार भइरहेको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
२०७४ जेठ १३ गते प्रकाशित