
१३ जेठ, धादिङ –
सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना हुँदा पाइलट पारसकुमार राईको मृत्यु भएको छ ।
उपचारका क्रममा लुक्लामा नै मृत्यु भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डन प्राधिकरण कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।
को–पाइलट सृजन मानन्धर र विमान परिचारिका प्रज्ञा महर्जन घाइते छन् । घाइते दुवैजनाको पासाङ ल्हामु निकोल्निकी अस्पताल लुक्लामा उपचार भइरहेको छ ।
नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।
२०७४ जेठ १३ गते प्रकाशित