

१५ जेठ, धादिङ –
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १० भकारेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला सदरमुकाम धादिङबेसीबाट त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरेश्वर जादै गरेको बस बाटैमा बिग्रिएपछि सोही बसको यात्रुलाइ लैजान आएको ग १ ख ३८०५ को स्कुल बस दुर्घटना भएको भएको थियो ।
दुर्घटनामा मृत्यु भएकाहरुमा त्रिपुरासुन्दरी गाउँपालिकाका ७ कि ६० बर्षिया पूर्ण कुमारी पान्डे सोहि ठाउँ बस्ने ६५ बर्षिया फूलमाया तामाङ र त्रिपुरासुन्दरी गाउँपालिकाका ६ कि ४० बर्षिया लक्ष्मी दिएको छ ।
बस धादिङवेशी सल्यानटार सडकखण्डको भकारे भन्ने ठाउँबाट ३ सय मिटर तल खसेको छ । दुर्घटनामा २९ जना घाइते भएको र अधिकाँशको अवस्था गम्भीर रहेको छ । दुर्घटनाका घाइते भएका २४ जनालाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगीएको छ भने ५ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भै रहेको छ ।
२०७४ जेठ १५ गते प्रकाशित