

१८ जेठ, धादिङ –
गीतकार कुसुम गजमेरको निधन भएको छ । लिभरको समस्याका कारण मुम्बईमा उपचारत गीतकार गजमेरको ७२ वर्षको उमेरमा बिहीबार बिहान ३ बजेर ४० मिनेट जाँदा निधन भएको हो ।
गजमेरले लेखेका गीतहरु ‘कसरी भनूँ म मनको कुरा यो’, ‘के सोचें मैले के भयो अहिले’, ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’, ‘रेली खोला बगर’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’, ‘माया के होला’ लगायत गीतहरु सफल र निकै चर्चित छन् ।
उनका गीतहरु चलचित्र कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुर्इ थोपा आँसु, दक्षिणा, दर्पणछाया लगायत चलचित्रमा समेटिएका छन् ।
उनका दुई छोरी र एक छोरा छन् । दुई छोरीमध्ये भारतीसँग निर्देशक घिमिरेले विवाह गरेका थिए ।
२०७४ जेठ १८ गते प्रकाशित