
२३ जेठ धादिङ–
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बाट आज प्रहरीले ७० किलो चरेश सँगै दुई जना प्रक्राउ गरेको छ । धादिङको गजुरी हुँदै मुग्लीनतर्फ जाँदै गरेको ना ६ ख १३७ नम्वरको एलपी ट्रक चेकजाँचको क्रममा ७० किलो चरेश सहित ट्रकका चालक र सहचालक पक्राउ परेका हुन् ।
बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ मा रोकेर चेकजाँच गर्ने क्रममा लुकाइ छिपाइ बेच्न लैजादै गरिएको अवस्थामा अवैध चरेश बरामद गरिएको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख प्रहरी निरिक्षक बरुण बहादुर सिंहले बताए । प्रहरीले ओसार प्रसारमा संलग्न ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका ६ का कृष्ण बहादुर राइ र सहचालक मनहरी ६ कै आयुष लामालाइ नियन्त्रण लिइएको छ ।
प्रतिवन्धित लागुपदार्थ चरेश बेचबिखनको लागि लैजादै गरेको अवस्थामा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यलय गजुरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले नै बेच्न लैजादै थिए कि उनीहरु भरियामात्र थिए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि पक्राउ परेकाहरुलाई लागुपदार्थ ओसार–पसार ऐन अन्तरगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
२०७४ जेठ २३ गते प्रकाशित