Sat. Jul 5th, 2025

मध्यरातमा धादिङ सदरमुकाममा आगलागी

फाइल तस्बिर


२९ जेठ,  धादिङ –

धादिङको सदरमुकाम धादिङवेसीमा गएराती आगलागी भएको छ ।

नीलकण्ठ नगरपालीका–३ स्थित तल्लो बजारमा मध्य राती आगलागी हुँदा स्थानीय शिव कुमार श्रेष्ठको घर जलेर पूर्ण रुपमा नष्ट भएको । राति करिव एक बजेतिर विद्युत लाईन सट हुदाँ सो आगोलागी भएको हुन सक्ने प्रहरीले बताएको छ ।

आगोलागीका कारण सो घरमा राखिएको कस्मेटीक पसलमा भएको सवै सामान जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पन्जियारले जानकारी दिए ।

आगलागी पछि दमकलको सहायतामा स्थानीय बासिन्दा, नेपाल प्रहरी नेपाली सेना र शसस्त्र प्रहरी र रेडक्रसको संयुक्त प्रयासमा डेढ घण्टापछि आगोलागी नियन्त्रणमा ल्याईएको थियो । समयमा नै आगो नियन्त्रणमा आएका कारण थप क्षति हुन पाएन । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

 

 

२०७४ जेठ २९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: