Sat. Jul 27th, 2024

छत्कुली समाजको केन्द्रिय अध्यक्षमा डिल्लीप्रसाद चयन, नवराज सम्मानित

८ फागुन, धादिङ । छत्कुली समाज संस्थाको प्रथम राष्ट्रिय अधिवेशन विहिबार धादिङको चैनपुरमा सम्पन्न भएको छ ।    अधिवेशनले चितवन निवासी डिल्लीप्रसाद छत्कुलीको अध्यक्षतामा ९ सदस्यीय केन्द्रिय कार्य समितिको गठन गरेको छ ।

समितिको उपाध्यक्षमा फडिकान्त छत्कुली, महासचिवमा हेमराज छत्कुली, सचिवमा सीताराम छत्कुली, कोषाध्यक्षमा छायाँदेवी छत्कुली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा भीमप्रसाद छत्कुली, राजेन्द्र छत्कुली, रमनिधि छत्कुली र शेखर छत्कुली रहेका छन् ।

chatkuli
अधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत छत्कुली परिवारबाट विभिन्न उच्च पदमा पुगेकाहरुलाई सम्मान गरिएको छ । छत्कुली परिवारकी जेष्ठ सदस्य एक सय ३ वर्षिय पुतलीदेवी छत्कुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशेषज्ञ राजाराम छत्कुली, पहिलो इन्जिनियर भोला छत्कुली, पहिलो पिएचडि प्रताप छत्कुली, सशस्त्र प्रहरी बलका डिएसपी अजय छत्कुली, कुमारी वैकका प्रबन्धक एव्र कानून व्यवसायी नरेन्द्र छत्कुलीसंगै ८० वर्ष उमेर पार गरेका ८ जना र समाजसेवीहरुबाट ६ जनालाई सम्मान गरिएको छ ।
अधिवेशन उद्घाटनको अवसरमा कानून व्यवसायी एवं् कुमारी बैकका प्रबन्धक नरेन्द्र छत्कुली, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारी, रेडियो धादिङका स्टेशन मेनेजर राजाराम शर्मा लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने क्रममा वक्ताहरुले संख्यात्मक हिसाबमा कम जनसंख्या रहेका छत्कुलीहरुको इतिहाँस र उनीहरुले राष्ट्रका लागि दिएको योगदानका बारेमा दस्तावेज तयार गर्न आग्रह गरेका छन् ।

त्यसैगरी नेफ्रोलोजिष्ट वेदप्रसाद छत्कुली,आईएस्सीमा सर्वोत्कृष्ठ सुदिप छत्कुली,चार्टर एकाउन्टेण्ट रमेश छत्कुली र  नेपाली सेनाका सेकेण्ड लेफ्टिनेन्ट चेतवहादुर छत्कुलीलाई पनि सम्मान गरिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: