
३१ जेठ, दैलेख –
दैलेखको आठवीस नगरपालिका-४ मा नैनाल भन्ने ठाउँमा बस दुर्घटना हुदाँ १० जनाको ज्यान गएको छ । कालिकाटको जितेकाँडाबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको बस दु्र्घटनामा मृत्यु हुनेहरूमा ७ जना पुरूष, २ जना महिला र एक जना बालिका रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी प्रकाश अधिकारीले जानकारी दिए ।
बस करिब २र३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।
२०७४ जेठ ३१ गते प्रकाशित