

१ असार, धादिङ –
धादिङ जिल्लाबाट प्रकाशन हुँदै आइरहेको प्रदेश संचार साप्ताहिक विहिबारबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।
२०७३ असार १ गते बाट प्रकाशन प्रारम्भ गरिएको पत्रिकाले बिहिबार धादिङको घाटबेसीमा पहिलो वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रमका अवसरमा प्रेस काउन्सिल नेपालका नवनिर्वाचित अध्यक्ष भवानीप्रसाद बरालले पत्रकारहरुले कुनै राजनीतिक आस्थाका आधारमा नभई स्वतन्त्रपूर्वक पत्रकारीता क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा, प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकग्राम जमरकट्टेल, सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, प्रेस युनियनका केन्द्रिय सदस्य मुरारी अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमका अवसरमा प्रेस काउन्सिल नेपालका नवनिर्वाचित अध्यक्ष बराललाई सम्मान गरिएको थियो भने पत्रिकालाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
२०७४ असार १ गते प्रकाशित