Sat. Jul 5th, 2025

आगलागी पीडितलाई नगदसहित खाद्य सामग्री सहयोग


२ असार,  धादिङ –

आगलागी पीडितलाई धादिङबेसीका स्थानीयहरुले नगद सहित खाद्य सामग्री सहयोग गरेको छ ।

गत जेठ २८ गते राती विद्युत सट भएर आगलागी भएको थियो । आगलागीबाट धादिङबेसीको पुछारबजारमा अमिना मियाले संचालन गर्दै आएको कस्मेटिक पसलका सामानहरु जलेर नष्ट भएको थियो ।

पुछारबजार टोल सुधार समितिले नगद १ लाख ३ सय रुपैया, ग्याँस चुलो, चामल सहित खाद्यन्न सामग्री वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी टोल सुधार समितिका अध्यक्ष अमृता रेशमी मगरले नगद वितरण गरिन् ।

२०७४ असार २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: