
२ असार, धादिङ –
धादिङको गल्छी गाउँपालिका— ४ गल्छीचोकमा रहेको सक्सेस इङ्लिस मिडियम बोर्डिङ्ग स्कुलका शिक्षक विष्णुलाल श्रेष्ठलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत २७ गते मध्यराति आफनै घरमा डेरा लिई बसेकी १३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ हो ।
अविभावकले छोरीको पढाई कमजोर भएको भन्दै कल्लेरीमै घर भएका शिक्षक श्रेष्ठ बस्ने घरको माथिल्लो तलामा आवास व्यवस्था मिलाई राखेका थिए । शिक्षक श्रेष्ठलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको छ ।
२०७४ असार ३ गते प्रकाशित