Sat. Jul 5th, 2025

पहिरो गएपछि मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध,१० बजेपछी मात्र खुल्ने

४ असार, धादिङ –

नारायणगढ–मुग्लिन सडकखण्डमा खनिरहेको ठाउँमा माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको हो ।
अहिले जुगेडीबाट आँपटारीसम्म र कालिखोलाबाट मुग्लिनसम्म नै गाडी जाममा परेको  छ । सयौं गाडी जाममा पर्दा हजारौं यात्रु अलपत्र परेका छन । दुईवटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको छ ।
अहिले पनि पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कम्तिमा पनि १० बजेसम्म बाटो खोल्न सकिने अवस्था छैन । नारायणगढ–मुग्लिन सडकखण्डमा खनिरहेको ठाउँमा माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
२०७४ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: