Sat. Jul 5th, 2025

कपिलबस्तुको बाणगंगामा बम विस्फोट, ९ जना घाइते

४ असार, कपिलबस्तु  –

 
कपिलबस्तु  जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ ।

घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो ।

विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरी नायव निरीक्षक प्रकाश केसीले जानकारी दिए ।

उनीहरु मध्ये चार जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते हुनेमा विजय थारु, साहबुद्दिन मनिहार र शेषराम गुप्ता र लालबहादुर थारु रहेको प्रहरीले जनाएको छ ।

२०७४ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: