Sat. Jul 5th, 2025

पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा खनाल विजयी

४ असार, नुवाकोट – 

 

 

नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा कपिलदेव खनाल विजयी भएका छन् ।

शनिबार भएको सातौँ साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

पटक–पटक मिति तोकेर अवरुद्ध हुँदै आएको शाखाको मतदानमा खनाल ६८ र उनका निकटतम प्रतिद्वन्द्वी प्रकाश अधिकारीले ५७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा रामहरि न्यौपाने र रुपा अर्याल, सचिवमा जगदीश खनाल, सहसचिवमा नवराज सुवेदी र जमुना गजुरेल तथा कोषाध्यक्षमा सुनिल विष्ट निर्वाचित भए । निर्वाचनबाट केद्रीय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि छनोट गरिएको छ ।

 

२०७४ असार ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: