

४ असार, धादिङ –
नेपालका विश्व किर्तीमानी अल्ट्रा धावक एवं कीर्तिमानी हिम आरोही सञ्जय पण्डितको अमेरिकामा मृत्यु भएको छ ।
प्युठान घर भएका पण्डितको शुक्रबार अमेरिकाको डेनाली माउन्ट आरोहणका क्रममा अल्टिच्युडका कारण मृत्यु भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
पण्डितले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमाल र विश्वका थुप्रै हिमालको सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
नेपाली दूतावासले खराब मौसमका कारण उनको शव ल्याउन कठिन भएको र मौसमले साथ दिए २ दिन भित्रमा नेपाल पठाइने जनाएको छ ।
२०७४ असार ४ गते प्रकाशित