Sat. Jul 5th, 2025

प्रधानन्यायाधीश सिफारिसमा गलफतीः सहमति नजुटे के हुन्छ ?

  

 ६ असार, काठमाडौं ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न सकेन । परिषद् सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि बैठक विना निष्कर्ष टुंगिएको छ ।

सभामुख ओनसरी घर्तीले सकभर सहमतिमै नयाँ प्रधानन्यायाधीशको नियुक्ति गरिने बताइन। दोस्रो बैठकमा पनि सहमति नजुटे बहुमतीय प्रणालीबाट प्रधानन्यायाधीश नियुक्ति गर्न सक्ने प्रावधान रहेको उनले बताइन ।

संवैधानिक परिषद्मा प्रायः सहमतिका आधारमा नियुक्ति भइरहेका छन । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने व्यवस्था छ ।

प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा परिषद्मा कानून तथा न्याय मन्त्री सदस्यका रपमा रहने प्रावधान छ ।
नयाँ पत्रिका दैनिकबाट ।
२०७४ असार ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: