Sat. Jul 27th, 2024

सत्ता समीकरणका विषयमा गोप्य सहमति, अर्को सरकारका मन्त्रीको पनि भागबन्डा

काठमाडौं,फागुन ८ – शुक्रबार प्रकाशित हुने जनआह्वान साप्ताहिक लेख्छ – सत्ता समीकरणका विषयमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र कांग्रेस महामन्त्री कृष्ण सिटौलाबीच गोप्य सहमति भएको खुलासा भएको छ । यस्तो सहमतिबारे कांग्रेस–एमालेभित्रका धेरै नेता समेत अनभिज्ञ छन् । तर, कांग्रेसभित्रै कोइराला सरकारको नेतृत्वको विकल्प खोज्न थालिएको छ ।

singha-durbar 1
कांग्रेसको एक उच्च स्रोतले जनाए अनुसार संविधान निर्माणको काम अगाडि बढाउने शर्तमा एमाले अध्यक्ष केपी ओली कांग्रेस महाधिवेशनसम्म सरकारलाई निरन्तरता दिन तयार बनेका छन् । यसअघि ओलीले पार्टीका आन्तरिक कार्यक्रममा संविधान नबनेसम्म सरकार निरन्तर चल्ने टिप्पणी गरिसकेका छन् । स्रोतका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली र कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाबीच भावी सत्ता साझेदारीमा सहमति बनेपछि प्रक्रियालाई अगाडि बढाउने कसरत शुरु भएको हो । माघ ५ गते संविधानसभामा भएको तोडफोड होस् वा माघ ११ गते भएको प्रश्नावली समिति गठनको कुरा, सबै तीन नेताबीच भएको गोप्य सम्झौता अनुसार चालिएका कदम रहेको स्रोतले बतायो । प्रधानमन्त्री कोइरालाको निरन्तरतादेखि भावी सत्ता साझेदारीसम्म सहमतिको रणनीति रहेको स्रोतहरू बताउ“छन् ।

विपक्षी मोर्चाले सबै कुरा स्वीकार गर्दै शासकीय स्वरूप थाती राखेर अगाडि बढ्ने गरी लचकता प्रदर्शन गरेको भए पनि रणनीतिक योजनामा कांग्रेस–एमालेले जबर्जस्ती प्रक्रिया अगाडि बढाउन खोजेको स्रोत बताउँछ । केही दिन संविधानसभा बैठक स्थगित गरेर सहमतिको लागि तयार भएको देखाए पनि एमाले अध्यक्ष ओलीले विपक्षीस“ग संवाद नै गरेका छैनन् । उनले सहमति नहोस् भन्ने कुरा नै केन्द्रमा राखेको कांग्रेस निकट उच्च स्रोतको दाबी छ । आखिर के हो त कोइराला, ओली र सिटौलाबीचको गोप्य सम्झौता १ बालुवाटार निकट स्रोतका अनुसार सम्झौताको पहिलो चासो–सुशील कोइराला, केपी ओली र कृष्ण सिटौलाबीच सत्ता साझेदारीमा समझदारी नै हो । यस अनुसार संविधान जारी भएपछि कोइराला राष्ट्रपति, ओली प्रधानमन्त्री र सिटौला उपप्रधानमन्त्री सहित गृहमन्त्री बन्ने विषयमा समझदारी छ । यो सहमति अनुसार ओली कांग्रेस महाधिवेशनसम्म कोइरालाकै नेतृत्वलाई निरन्तरता दिन तयार भएका हुन् ।

कांग्रेसको उच्च स्रोतका अनुसार महाधिवेशनसम्म प्रधानमन्त्री भइराखे पुनः पार्टी सभापति बन्ने विकल्प बलियो रहने र त्यसपछि शीतलनिवासको बाटोका लागि ओलीसंग सम्झौता गर्न सकिने कोइरालाको विश्वास छ । सहमतिमा संविधान बनाउंदा चा“डो हुन सक्ने र त्यसले भावी सत्ता समीकरण बिग्रने आशंका छ । अहिले नै प्रक्रिया शुरु भए कांग्रेस महाधिवेशन संगसंगै सकिने योजना अन्तर्गत अहिले जबर्जस्ती प्रक्रिया अगाडि बढाइएको स्रोतको भनाइ छ । माघ ६ गते उपत्यकास्तरीय कार्यकर्ता भेलामा ओलीले संविधानलेखनलाई टुंगोमा नपु¥याएसम्म यही सरकार निरन्तर रहने बताएका थिए । बालुवाटारमा भएको गोप्य सम्झौतामा कोइराला, ओली र सिटौला मात्र सहभागी रहेको उच्च स्रोतले बतायो । कांग्रेस निकट स्रोतले बताए अनुसार त्यस साँझ ओली तीन घण्टा बालुवाटार बसेका थिए । त्यसको केही दिनमा उनले संविधान नबनेसम्म कोइराला सरकार निरन्तर चल्ने बताएका थिए । तर, त्यस दिन संविधान बनाउने विषयमा भने उनीहरूबीच कुनै ठोस सहमति भएन । आफ्नो तर्फबाट संविधान निर्माणमा पूरै प्रयास गरेको देखाउने, माओवादीलाई जतिसक्दो आरोपित गर्ने र अन्तिममा संविधानसभबाट नभई आयोगबाट संविधान बनाउनेमा उनीहरूबीच यसअघि नै सहमति भएको छ । ‘यो प्रक्रिया त नाटक मात्र हो, लेखेर राख्नुहोस् कोइराला र ओलीले संविधान ल्याउँदैनन्’ कांग्रेसकै एक सभासद्को टिप्पणी छ ।

त्यसभन्दा केही दिन अगाडि मात्र तीन नेताबीच सहमति भएको थियो । यसैका आधारमा उनीहरूले सहमतिका आधारमा संविधान बनाउन सुझाव दिने अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई समेत धेरै नबोल्न चेतावनी दिएका थिए । यही बुझेर नै राष्ट्रपति रामवरण यादवले सहमतिका आधारमा संविधान बनाउन सुझाव दिएका हुन् । कांग्रेस र एमालेभित्रका केही नेताहरूले यो गोप्य सहमतिको सुइँको पाएका छन् । यसैका आधारमा नयाँ सरकारको गृहकार्य पनि हुन थालेको छ । कांग्रेस नेता अमरेश सिंहले त वैशाखमा यो सरकारको आयु सकिने घोषणा नै गरेका छन् ।

कोइराला नेतृत्वको सरकार गठनपूर्व दुई दलले गरेको सात बुँदे सहमतिमा संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष, उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने विषय उल्लेख छ । ‘संविधानसभाबाट पारित संविधान सार्वजनिक भएपछि र उक्त संविधान प्रारम्भ हुनुअघि संविधानसभा व्यवस्थापिका संसद्बाट राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्ष, उपाध्यक्ष र प्रधानमन्त्रीको निर्वाचन गर्ने । सो सम्बन्धी व्यवस्था गर्न अन्तरिम संविधानमा आवश्यक संशोधन गर्ने’ सात बु“देको तेस्रो नम्बरमा छ । तर, अहिले यो विषय एमालेले उठान गर्न छाडेको छ । यसका पछाडि पनि त्यही सम्झौताले काम गरेको बताइन्छ । महाधिवेशनसम्म सरकार चलाउने कोइरालाको योजनालाई उपयुक्त समयमा तुहाउने रणनीतिमा शेरबहादुर देउवा खेमा छ ।

रातोपाटीबाट…..

About The Author

Loading...

अन्य समाचारहरु: