Sat. Jul 5th, 2025

श्रीमती घर ल्याउन नमान्दा जरिवाना !

१२ असार, काठमाडौं ।

बिहेको सात वर्षपछि दुलहाले दुलही ल्याउन आनाकानी गरेपछि गाउँलेले जरिवाना गरेका छन । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ दहियार निवासी रामजपु महतो नुनियाका २२ वर्षीय छोरा शत्रुधन महतोलाई गाउँलेले ५ लाख जरिवाना गरेका हुन ।

०६७ सालमा भारत आदापुर नकरदेई कटगेनवामा बिहे सम्पन्न गरी सात वर्षदेखि मलेसिया बस्दै आएका उनले दुलही ल्याउन आनाकानी गरेकाले स्थानीय तथा दुलहीका आफन्तले आइतबार ५ लाख दण्ड गरेका हुन ।

बिहे गरेर अरुको जीवन बर्बाद पारेपछि दुई–दुई पटकको पञ्चायती केटा पक्षले नमानेपछि सबैको रायअनुसार केटीको अर्कासँग बिहे गराइदिने सामूहिक निर्णयपछि खर्चबापत पाँच लाख केटा पक्षले केटी पक्षका अभिभावकलाई दिने सहमति भएको स्थानीय नेता मञ्जुर मियाँले बताए ।
गोरखापत्र दैनिकबाट ।
२०७४ असार १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: