Sat. Jul 5th, 2025

मुस्लिम समुदायले इद पर्व मनाउदैँ


१२ असार,  धादिङ –

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्त्यमा मनाइने इद उल फित्र आज (सोमबार)  विशेष रूपमा मनाईदैंछ।

इद उल फित्र कै अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा–एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका अन्य दलका नेताहरुले शुभकामना दिएका छन्।

यसैबीच सरकारले इस्लाम समुदायको पर्व ईदको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ। गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै आज सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्नेः राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको पर्व इद ९इदुल फित्र०का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपतिले शुभकामना सन्देश जारी गर्दै धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा मनाइने इदुल फित्रजस्ता विशेष पर्वले देशभित्र बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी र समुदायबीच आपसी मेलमिलाप, सद्भाव र भाइचाराको प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेकी छन् ।

यो पर्वले आफ्ना मौलिक संस्कृति र परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै यसले हामीलाई विविधताबीच राष्ट्रिय एकताको भावना जागृत गराउने उनले सन्देशमा भनेी छन् ।

राष्ट्रपति भण्डारीले रमजानका अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तबीच खुसी साटासाट गरी मनाइने यस पर्वले हाम्रो आत्मा शुद्ध भई आपसी सद्भाव र सहिष्णुताको भावना विकास गराउने सन्देशमा उल्लेख गरिएको छ  ।

 
२०७४ असार १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: