
१३ असार, धनगढी –
धनगढीमा आफैले बोकेको बम पड्किदाँ एक जनाको मृत्यु भएको छ ।
विप्लवका कार्यकर्ता २९ वर्षीय चन्द्र सिंहको मत्यु भएको हो । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त आत्मघाती बम बिस्फोटन भएको थियो ।
बम पड्किएर घाइते भएका सिंहको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२०७४ असार १३ गते प्रकाशित