Sat. Jul 27th, 2024

गणेशमान सिंह बलिदान यात्रा धादिङ प्रवेश

८ फागुन, धादिङ । नेपाली काङ्ग्रेसका स्वर्गिय नेता गणेशमान सिंहको जन्म शताब्दीको अवसरमा विहिबारदेखि सुरु भएको गणेशमान सिंह बलिदान यात्रा शुक्रबार धादिङ आइपुगेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले डेढ महिना लामो गणेशमान बलिदानी अभियान सुरु गरेको हो । अभियान अन्तर्गत उपसभापति रामचन्द्र पौडेल र नेपाली काङ्ग्रेस काठमाण्डौका सभापति भिमसेनदाश प्रधानले नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारीलाई झण्डा र फोटो हस्तान्तरण गरेका छन् ।
अभियान अन्तर्गत शुक्रबार नेपाली काङग्रेस उपसभापति रामचन्द्र पौडेलले ढुङ्गेअड्डामा, महामन्त्री प्रकाशमान सिंहले छत्रेदेउरालीमा र नेपाली काङग्रेस धादिङका सभापति रामनाथ अधिकारी र काभ्रेका पूर्व उपसभापति मधु आचार्यले जीवनपुरको कार्यक्रममा सम्बोधन गरेका छन् ।  यात्रामा नेपाली काङ्ग्रेसका केन्द्रिय तथा स्थानीय नेता, विभिन्न जनसंगठनका नेताहरु सहित स्थानीयहरुको उपस्थिति रहेको छ ।
अभियानको क्रममा शुक्रबार (आज) काठमाण्डौबाट धादिङको छत्रेदेउराली हुँदै जीवनपुरमा बास बसेको पदयात्रीको टोली शनिबार (भोली) नुवाकोट जाने कार्यक्रम रहेको नेपाली काङ्ग्रेस धादिङले जनाएको छ । आइतबार धादिङको बैरेनीमा आमसभा गरेर गणेशमान सिंह चौतारीको उद्घाटन कार्यक्रम छ ।
२००१ सालमा नेता गणेशमान सिंहले काठमाण्डौको भद्रगोल जेल तोडेर भारततर्फ भाग्न सफल भएको ऐतिहासिक दिनको सम्झनामा पदयात्रा सुरु गरेको नेपाली काङ्ग्रेसले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: