Sat. Jul 27th, 2024

‘वार्ता जारी छ’ पौडेल – ‘काङ्ग्रेस नेतृत्वमा नै संविधान आउछ’ सिंह

८ फागुन, धादिङ । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माण प्रकृयामा एकिकृत नेकपा माओवादीका नेताहरुसंग निरन्तर वार्ता भइरहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले सुरु गरेकोे गणेशमान बलिदानी अभियान अन्तर्गत आज धादिङ र काठमाण्डौको सिमानामा पर्ने ढुङ्गेअड्डामा आयोजित जनसभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । एमाओवादी वार्ताको प्रकृयामा नआए प्रकृयाबाट नै नेपाली जनतालाई नयाँ संविधान दिलाइ छोड्ने पौडेलले ठोकुवा गरे ।
त्यस्तै अभियानकै क्रममा धादिङको छत्रेदेउराली स्थित पोखरेचौरमा आयोजित जनसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका महामन्त्री तथा उपप्रधान एवं् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली काङ्ग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् ।
एनेकपा माओवादी सहित ३० दलीय मोर्चा संविधान निर्माण प्रकृयामा प्रवेश नगरेपनि नेपाली जनताबीचमा गरेको बाचा वर्तमान सरकारले पुरा गर्ने बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: