Sat. Jul 5th, 2025

प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय निर्वाचनको मतदान सुरु


१४ असार, धादिङ  –

स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ ।

मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएका छन् ।

मतदाताले बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म तोकिएको मतदान केन्द्र पुगेर एक पद, एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणाली अन्तर्गत स्थानीय तहको प्रमुख, उप प्रमुख, वडाध्यक्ष र वडाका चार सदस्यलाई गोप्य रुपमा मतदान गर्नेछन् ।

१ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोश्रो चरणको निर्वाचन हुँदैछ ।

निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाइएको छ ।

निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे जनाएको छ ।

 

२०७४ असार १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: