Sat. Jul 5th, 2025

लागुऔषध सहित नाकढुङ्गाबाट एक जना पक्राउ

१४ असार, धादिङ  –

 

 

नाकढुङगा प्रहरीले लागुऔषध  सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार विहान सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ६५९९ यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज ऋषिराम घर्ती मगरले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भई चावहिल बस्ने २१ बर्षे महेश श्रेष्ठ रहेका छन् ।

पक्राउ परेका श्रेष्ठबाट चेकजाँचका क्रममा नाइट्राजेपाम २०९ ट्यावलेट र प्रोमिथाजिन ३६ ट्यावलेट गरी २४५ ट्यावलेट लागु औषध बरामद गरिएको छ ।
२०७४ असार १४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: