८ फागुन, धादिङ । जिल्ला अदालत धादिङबाट सेवा लिने सेवाग्राहीहरुले अब घरमा नै बसेर आफ्नो मुद्दाको बारेमा जानकारी लिन पाउने भएका छन् ।
जिल्ला अदालतले सुरु गरेको अनलाइन सेवा मार्फत मोबाइल एसएमएसबाट नै जानकारी लिन पाउने भएका हुन् ।
सेवाग्राहीहरुलाई सहजै कानुनी परामर्श उपलब्द गराउने उद्देश्यले जिल्ला अदालत धादिङले शुक्रबारबाट अनलाईन सेवा सुरु गरेको छ । एस एम एस र अनलाईनको माध्यमबाट सेवा ग्राहीहरुलाई म्याद तामेली र तारेख लगाएका सेवाका बारेमा जानकारी दिन सुरु गरेकोे हो ।
अनलाईनबाट सेवा सुरु गर्दा न्यायीक काम कार्वाही समेत प्रभावकारी हुने पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश गिरीराज मणी पौडेलले बताए । अनलाईनबाट सेवा दिदा सेवाग्राहीहरुले आफ्नाको मुद्दाको विषयमा घरमा नै बसेर जानकारी पाउन सक्ने उनले जानकारी दिए ।
सुचना प्रविधिको प्रयोग अदालती काम कारवाहीमा प्रयोग गर्दा कम जनशक्ति प्रयोग गरेर छिटो सेवा उपलब्ध गराउन सकिने जिल्ला न्यायधिस रमेशराज पोखरेलले बताए ।