Sat. Jul 27th, 2024

मनकामना मन्दिरको फागुन १५ गतेबाट जगैदेखि जीर्णोद्धार गरिने

manakamana

गोरखा  । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा फागुन १५ गते देखि जीर्णोद्धारको प्रक्रिया अघि बढाइने भएको छ ।

फागुन १५ गते क्षमा पूजा गरेर मनकामना मन्दिरको जगैदेखि जीर्णोद्धारको प्रक्रिया अघि बढाइने भएको हो । जीर्णोद्धारको बेला पनि मन्दिरको पूजा नरोकिने पुजारी इन्शान थापाले जानकारी दिनुभयो ।

विशेषगरी शुक्रबार अपराह्नपछि र शनिबार दिनभर मन्दिरमा पूजाअर्चनाका लागि पर्यटकको भिड हुने गरेको छ ।

मनकामनामा नेपालकै भक्तजन वार्षिक पाँच लाख भित्रने गरेका छन् । अधिकांश नेपाली केबुलकार चढेर मनकामना पुग्छन् । त्यस्तै केही मात्रामा सडकमार्फत पनि आन्तरिक पर्यटक, भक्तजन मनकामना पुग्न थालेका छन् । मनकामना जोड्ने विभिन्न ठाउँबाट नौ सडक छन् । आन्तरिक पर्यटकको चाप पनि बर्सेनि बढ्दै गएको छ ।

“दिनमा सात हजारसम्म भक्तजन मनकामना मन्दिर आउँछन्”–मनकामना क्षेत्र विकास समितिका पूर्वअध्यक्ष दीपक जोशीले भन्नुभयो–“तीमध्ये अधिकांश भारतीय पर्यटक देखिन्छन् ।” मनकामना आउने भारतीय पर्यटकको सङ्ख्या क्रमशः बर्सेनि बढ्दै गएको जोशीले जानकारी दिनुभयो । त्यस्तै अमेरिका र युरोपेली देशबाट पनि पर्यटक मनकामना भित्रँदै आएका छन् ।
दैनिक नेपालबाट

About The Author

Loading...

अन्य समाचारहरु: