Sat. Jul 27th, 2024

काँग्रेसकै नेतृत्वमा संविधान बनाउन राजनीति संघर्ष गरिराखेको : कोइराला

SAM_6215
१० फागुन, धादिङ । प्रधानमन्त्री शुशिल कोइरालाले आफ्नै  नेतृत्वमा संविधान बनाउनका लागि अहिलेसम्म राजनीति संघर्ष गरिराखेको बताएका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसले ठूलो योगदान गरेको भन्दै नेपाली कांग्रेसका सभापती समेत रहेका प्रधानमन्त्री कोइरालाले कांग्रेसकै नेतृत्वमा संविधान बन्ने बताएका हुन् ।

नेपाली काङ्ग्रेसका स्वर्गिय नेता गणेशमान सिंहको जन्म शताब्दीको अवसरमा सञ्चालन भएको बलिदानी यात्रा अभियान क्रममा आइतबार धादिङको बैरेनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधामन्त्री कोइरालाले मुलुकमा स्थायी शान्ति चाहिएको बताएका हुन् । सबै राजनीतिक पार्टीहरुले गरेको प्रतिवद्धतामा सबै इमान्दार भएको भए गत माघ ८ गतेभित्रै संविधान आउने भन्दै कोइरालाले आन्दोलन छाडेर संविधान निर्माण गर्न अनुरोध पनि गरेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली का्रग्रेसका नेता एवं अर्थमन्त्री डाक्टर रामशरण महतले नेपाली कांग्रेसका नेता गणेशमान सिंहको बाटोमा हिडेको बताएका छन् । विगतमा राजपरिवारले चाँदीको थालीमा राखेर मुलुकको प्रधानमन्त्री जस्तो पद दिंदा पनि नलिएको स्मरण गर्दै डाक्टर महतले त्यस्तै त्याग गर्न कार्यकर्तासंग आग्रह गरेका छन् । मुलुक अब आर्थिक विकासतर्फ लम्किसकेको बताउँदै मन्त्री महतले विकास निर्माणका काममा एकजुट हुन पनि आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै वन तथा भू–संरक्षण मन्त्री महेश आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनको चेतना प्रवाह गणेशमान सिंहले गर्नुभएको बताएका छन् । २०४६ सालको आन्दोलनपछि नेपाललाई विकासको बाटोमा डो¥याउनु भएको भन्दै मन्त्री आचार्यले अब नेपालमा ठूला आयोजनाहरु सञ्चालन गरी मुलुकलाई विकसित बनाउनु पर्ने धारणा राखेका थिए । मन्त्री आचार्यले वहुजाती, वहुभाषीहरुको बसोबास रहेको नेपालमा जातीय राज्य संभव नभएको पनि बताए । स्थायी शान्ति स्थापना गरेर विकासमा लाग्नु पर्ने बेलामा आन्दोलन र विद्रोहको कुरा नगर्न पनि आग्रह गरे ।

यसअघि प्रधानमन्त्री कोइरालाले बैरेनी गाविस वडा नम्बर ९ गल्छिमा गणेशमान सिंहको स्मृतिमा निर्माण गरीएको गणेशमान सिंह बलिदानी चौतारोको उद्घाटन पनि गरेका थिए । अभियान अन्तरगत काठमाण्डौबाट धादिङको छत्रेदेउराली नुवाकोट हुँदै बलिदानी यात्राको टोली आइतबार धादिङको बैरेनी आइपुगेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: