Sat. Jul 27th, 2024

जिल्ला स्वास्थ्य कार्यालय धादिङलाई अल्ट्रासाउण्ड मेसिन प्रदान

health 1
धादिङ  । ओनहर्ट ओल्डवाइड नेपालले जिल्ला स्वास्थ्य कार्यालय धादिङलाई दुई ओटा अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएको छ ।

गर्भवती महिलाहरुको गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउने अल्ट्रासाउण्ड मेसिन आइतबार एक कार्यक्रम गरी ओनहार्टका डाक्टर सिग्लीले जनस्वास्थ्य अधिकृत जीवनकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।

मेसिन उपलब्ध भएपछि ६ हप्तादेखि प्रभावित बनेको गाउँ गाउँमा अल्ट्रासाउण्ड सेवा पुन सुचारु हुने भएको छ । समयमै प्रेषण प्रणालीलाई व्यवस्थित गराएर आमा र शिशुको मृत्युदर कम गर्न ४ वर्षदेखि गाउँ गाउँमा नै पुगेर अल्ट्रासाउण्ड सेवा दिँदै आएको भएपनि मेसिन विग्रिएपछि प्रभावित भएको थियो । तालिम प्राप्त स्वास्थ्यकर्मीहरुले गाउँ गाउँमा नै पुगेर सेवा दिँदै आएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: