Sat. Jul 27th, 2024

सरस्वतीले नागरिकता पाइन्

saraswoti.psd
धादिङ ।  वंशजको आधारमा नागरिकता माग गर्दै आउनुभएकी धादिङको नौबिसे गाविस वडा नम्बर ७ निवासी सरस्वती भुजेललाई जिल्ला प्रशासन कार्यलयले नागरिकता दिएको छ ।

वंशजको आधारमा नागरिकता माग गरेको दुई वर्ष सात महिना पछि प्रशासनले सरस्वतीलाई मंगलबार नागरिकता प्रदान गरेको हो । श्रीमानको मृत्यु भएको र घर परिवार समेत नचिनेका कारण सरस्वतीले बंशजकै आधारमा आमा बुबाको नाम राखी नागरिकता पाउन जिल्ला प्रशासन कार्यालय धादिङमा ०६९ साउन ३० गते निवेदन दिनुभएको थियो ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले विवाह भएकी महिलालाई बाबु आमाको सनाखतबाट नागरिकता नदिएपछि सरस्वतीले ०६९ चैत १९ गते पुनरावेदन अदालत पाटनमा रिट दायर गराउनु भएको थियो । विवाहित महिलाले बाबु आमाको नामबाट वंशजको आधारमा नागरिकता पाउने नीति भएपनि पुनरावेदन अदालतको आदेश पछि दुई बच्चा समेत भएकि सरस्वतीले नेपाली भएको प्रमाण पाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले हिजो वंशजको आधारमा नागरिकता दिन कुनै बाधा नपर्ने भन्दै सरस्वतीलाई नागरिकता दिलाउनुभएको हो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: