Wed. May 14th, 2025

चितवनमा चलचित्र संरक्षणको प्रिमियर शो सम्पन्न

 

२७ साउन, चितवन–

चितवनको नारायणगढमा नेपाली कथानक चलचित्र संरक्षणको भब्य रुपमा रेड कार्पेट प्रिमियर शो गरिएको छ ।

मोफसलकै चर्चित मिडिया लक्की मिडिया हाउसले चितवनले कलाकारहरुको साथमा बुधवार साँझ क्यूएफएक्स जलमा हलमा चलचित्रको रेड कार्पेट प्रिमियर शो गरिएको हो ।

साउन २७ गतेबाट देशब्यापी प्रदर्शनमा आउन लागेको चलचत्रि संरक्षणको नारायणगढमा रेर्ड कार्पेट प्रिमियर शो गरेको हो । चलचित्र हेरेपछि केहिको अनुहार हर्सित देखिन्थ्यो भने केहीको अनुहारमा आँसु देखिन्थ्यो । चलचित्रको कथाले दर्शकलाइ अत्यन्तै बाँधेर राख्न सक्ने भएको र चलचित्रका द्वन्द र रौनक कथा झन् रोचक हुँदै जाने भएकोले चलचित्र भित्र हराएर दर्शकहरुले पुरै फिल्म चुपचाप हेरेका थिए ।

चलचित्र संरक्षणमा नेपाली समाजको वर्तमान राजनीतिक अवस्थालाई केन्द्रित गरिएको छ । चलचित्रको प्रिमियरमा कलाकार तथा मिस नेपाल सन् २०११ मलिना जोशी, अशिष्मा नकर्मी, कलाकार तथा संरक्षण फिल्मका निर्माता नन्दु श्रीवास्तव, एफ डि कम्पनीका अध्यक्ष तथा संरक्षण फिल्मका निर्माता नरेन्द महर्जन, निर्देशक पुणेन्दु झा, कलाकार सुशान्न श्रेष्ठ, राजु कट्टुवाल, प्रमोद अग्रहरी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाल चलचित्र संघका सचिव एवं निर्माता चेतबहादुर सिंह ‘राजा’ चलचित्र वाईफेण्डका निर्माता लायन कृष्ण खनाल, चकलेटि नायक पुष्कर रेग्मिलाई गेटबाट नै मिस्टर एण्ड मिस अर्डेन्ट सिजन २ का सहभागीहरुले स्वागत गरेका थिए ।

यसैबिच लक्की मिडिया हाउसले कलाकारहरु र मिस्टर एण्ड मिस अर्डेन्ट सिजन २ का सहभागीहरुलाई सम्मान गरेको छ । मिडिया हाउसले नेपाल चलचित्र कलाकार संघका सचिव एवं निर्माता चेतबहादुर सिंह ‘राजा’ ,फिल्म ब्याईफेन्डका निर्माता लायन कृष्ण खनाल, चकलेटी नायक पुष्कर रेग्मी, नायक विरेन डिसि, कलाकार सन्त लामा, क्यूएफएक्स जलमा हलका सञ्चालक विरनारायण श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यस्तै मिस नेपाल २०११ तथा संरक्षण चलचित्रकी नायिका मलिना जोशी, नायिका आशिष्मा नकर्मी, नेपाल चलचित्र संघका अध्यक्ष तथा संरक्षणका निर्माता प्रदिपकुमार उदय, कलाकार तथा संरक्षण चलचित्रका निर्माता नन्दु श्रीवास्तव, एफडि कम्पनीका अध्यक्ष तथा चलचित्र संरक्षणका निर्माता नरेन्द महर्जन, निर्देशक पुणेन्दु झा, चलचित्र संरक्षणका कलाकार सुशान्त श्रेष्ठ, राजा कटुवाल, प्रमोद अग्रहरीलाई मायाको चिनो वितरण गरिएको लक्की मिडिया हाउसले जानकारी दिएको छ ।

लक्की मिडिया हाउस चितवनका अध्यक्ष हरि कार्की ‘लक्की’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष तथा बरिष्ठ समाजसेवी बाबुराम अधिकारी रहनुभएको थियो । त्यस्तै निर्देशक तथा चर्चित युवा व्यवसायी तथा समाजसेवी राहुलकुमार सिंहको उपस्थिति रहेको थियो ।

 

२०७४ साउन २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: