Sat. Jul 27th, 2024

चट्याङ लागेर एक जनाको मृत्यु

१४ फागुन धादिङ ।  चट्याङले लागेर धादिङको सलाङ गाउँ विकास समिति वडा नम्बर ९ गौथलेका पूर्ण बहादुर थापाको मृत्यु भएको छ ।

विहिबार दिउँसो धुषाको चरौदीमा तरकारी विक्रि गरेर फर्कदै गरेको बेला गाउँ नजिकै पुगेपछि चट्याङले लागेर थापाको मृत्यु भएको हो ।

स्थानीयहरुका अनुसार थापा र उहाँको श्रीमती तरकारी बेचेर घर फर्कने क्रममा चौतारोमा बसिरहेको बेला चट्याङ लागेको हो । थापाको श्रीमती भने सकुशल छिन्।

About The Author

Loading...

अन्य समाचारहरु: