Sat. Jul 5th, 2025

नेपाल आइडलबाट प्रमिला राई बाहिरिन्


२७ साउन,  धादिङ –

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको गायन रियालिटी सो नेपाल आइडलको टप ७ बाट प्रमिला राई बाहिरिएकी छन् ।

प्रतियोगीतामा प्रमिला राई, प्रताप दास र सुजता पाण्डे डेन्जर डोनमा परेका थिए । त्यस मध्ये प्रमिला राई टप ७ वाट बाहिरिएकी हुन् ।

नेपाल आइडलमा उत्कृष्ट सातसम्मको यात्रा तय गरेकी प्रमिला पप रक गीत गाउन रुचाउँछिन्। अंग्रेजी गीत पनि उनको रुचिमा पर्छ।

नेपाल आइडलका लागि प्रमिलाले राजधानीबाट अडिसन दिएकी थिइन्। काठमाडौंको बालाजु निवासी २२ वर्षीया प्रमिला स्नातक अध्ययनरत छिन्।

 

२०७४ साउन २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: